धादिङमा यात्रुबाहक बस दुर्घटना: १९ जनाको मृत्यु, २५ जना घाइते

by onn

धादिङ, ११ फागुन — धादिङमा यात्रुबाहक बस दुर्घटनामा परेको छ । पोखराबाट काठमाडौ जाँदै गरेको यात्रुबाहक बस धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका-५ भैंसिगौडामा दुर्घटना हुदा १९ जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार राति करिब साढे १बजे पोखराबाट काठमाडौंतर्फ आँउदै गरेको ग १ ख १४२१ नम्बर यात्रुबाहक बस त्रिशूली नदीको किनारमा खसी दुर्घटना भएको थियो । त्यस्तै दुर्घटनामा परेर २५ घाइते भएको छन् र उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार ट्रमा सेन्टरमा १४ जना, नेशनल अस्पताल कलंकीमा १० जना र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा एक जना गरी जम्मा २५ जनाको उपचार भइरहेको छ ।

धादिङ प्रहरीका अनुसार दुर्घटनामा मृतकको विवरण यसप्रकार छ–

१. Stewart Dominic Ethan नाम भएको वर्ष २४ का पुरुष (British नागरिक)

२. जिल्ला कास्की, पोखरा महानगरपालिका वडा नं. ३० बस्ने वर्ष ४० को विवेक बस्नेत

३. जिल्ला स्याङ्जा, वालिङ १४ घर भई हाल जिल्ला काठमाडौँ नागार्जुन नगरपालिका वडा नं. ६ बस्ने वर्ष ६३ को चन्द्र बहादुर ढेंकर

४. जिल्ला तनहुँ, व्यास गाउँपालिका वडा नं. ४ बस्ने अन्दाजी वर्ष ४० का ओम कुमार मल्ल

५. जिल्ला धादिङ, साविक सत्यदेवी–८ हाल त्रिपुरासुन्दरी गा.पा. ४ बस्ने अन्दाजी वर्ष ३० का इन्जिनियर ढुंगाना

६. जिल्ला तनहुँ, शुक्ला गण्डकी गाउँपालिका–७ बस्ने अन्दाजी वर्ष ५५ की विष्णुमाया ढकाल

७. जिल्ला काठमाडौंको बौद्ध टुसाल बस्ने अन्दाजी वर्ष २९ का लोमाङ गोले

८. जिल्ला तनहुँ, भिमान नगरपालिका वडा नम्बर ६ बस्ने अन्दाजी वर्ष ४५/४६ का हरि प्रसाद सिग्देल

९. जिल्ला पाल्पा, तानसेन नगरपालिका वडा नम्बर १ बस्ने अन्दाजी वर्ष ५५ को नबिन्द्र श्रेष्ठ

१०. हाल नामथर, वतन नखुलेको अ. वर्ष ३०/३२ वर्षको पुरुष (काठमाडौँ स्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु)

११. हाल नामथर, वतन नखुलेको अ. वर्ष ४५/५० को पुरुष व्यक्ति

१२. हाल नामथर, वतन नखुलेको अ. वर्ष ३०/३२ को पुरुष व्यक्ति (दाहिने हातको नाडीमा Roheeet लेखिएको ट्याटु)

१३. हाल नामथर, वतन नखुलेको अ. वर्ष १९/२० को पुरुष व्यक्ति (दाहिने हातको नाडीमा चंगेरो र गिटारको त्बततयय)

१४. हाल नामथर, वतन नखुलेको अ. वर्ष २६/२७ की महिला

१५. हाल नामथर, वतन नखुलेको अ. वर्ष २६/२७ की महिला

१६. हाल नामथर, वतन नखुलेको अ. वर्ष ५०/५२ को पुरुष व्यक्ति

१७. हाल नामथर, वतन नखुलेको अ. वर्ष ३४/३६ की महिला

१८. हाल नामथर, वतन नखुलेको अ. वर्ष ३० की महिला

१९. हाल नामथर, वतन नखुलेको अ. वर्ष ४५ की महिला

सम्बन्धित खबर

Leave a Comment