16
सर्लाही, २४ फाल्गुन – सर्लाही, २४ फाल्गुन – नेपाली कांग्रेसका सभापति गगनकुमार थापा प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका छन्। थापा रास्वपाका अमरेश सिंहभन्दा झन्डै १३ हजार मतले पछाडि परेका छन् ।
काठमाडौं-४ बाट ३ पटक चुनाव जितेका थापा यसपालि मधेसको सर्लाही-४ मा उम्मेदवार थिए। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अमरेश सिंहले १२ हजार ८५७ मतले पराजित गरेका हुन्।
मत परिणाम अनुसार अमरेशले ३५ हजार ६८८ मत ल्याउँदा गगनले २२ हजार ८३१ मत ल्याएका छन्। यो हारसँगै कांग्रेस सभापति थापाको संसद यात्रामा ब्रेक लागेको छ।
