देउवा-शेखर पक्षको छुट्टै भेला, नवनिर्वाचित सांसदहरुलाई बधाई दिने

by onn

काठमाडौँ , १६ चैत – नेपाली कांग्रेसका शेरबहादुर देउवा र शेखर कोइराला पक्षधरले समानान्तर गतिविधि आयोजना शुरु गरेका छन् । पार्टीका कार्यबाहक सभापतिकौ हैसियतमा पूर्णबहादुर खड्का र नेता शेखर कोइरालाले कांग्रेसका नवनिर्वाचित सांसदलाई बधाईसहितको कार्यक्रम आयोजना गरेका छन् ।

आज दिउँसो १२ बजे धुम्बाराहीको स्मार्ट होटलमा प्रतिनिधि सभामा निर्वाचित सांसदहरुलाई बधाईका लागि बोलाइएको हो । यसमा देउवा पक्षका शीर्ष नेताहरू पनि सहभागी हुने बताइएको छ । उता, यसअघि नै शनिबार सानेपामा नेपाली कांग्रेसले आफ्ना सांसदहरूलाई प्रशिक्षण कार्यक्रम गरिसकेको थियो ।

केपी ओली र रमेश लेखक पक्राउ प्रकरणमा खड्काले कार्यबाहक सभापति भन्दै विज्ञप्ति जारी गरेपछि कांग्रेसको आन्तरिक विवाद सतहमा आएको हो ।

सम्बन्धित खबर

Leave a Comment