नीति तथा कार्यक्रमको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने विपक्षी दलको अडान

by onn

काठमाडौँ, ३० बैशाख  – प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित नभएपछि विपक्षी दलहरुले बहिष्कार गर्ने भएका छन् ।

प्रतिनिधि सभाको बैठकमा काँग्रेसका नेता अर्जुननरसिंह केसीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन नआएमा आफुहरु बैठकमा उपस्थित नहुने स्पष्ट गरेका छन् ।उनले राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहदा संसद छोडेर हिडेर प्रधानमन्त्रीले संसदको गरिमा नराखेको बताउदै यस विषयलाई आफुहरुले गम्भीर रुपमा लिएको उल्लेख गरे ।  

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफल शुरु गर्ने प्रस्ताव पेश गर्न प्रधानमन्त्रीको स्थानमा अर्थमन्त्री डा. अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सभामुखले बोलाएपछि विपक्षी दलहरुले विरोध गरिरहेका छन् । विपक्षी दलहरुले संसदमा प्रधानमन्त्री उपस्थित हुनुपर्ने माग गरेका छन् ।

सम्बन्धित खबर

Leave a Comment