१२ कक्षाको नतिजामा सुधार, ६९.७५ प्रतिशत विद्यार्थी ग्रेडेड

by onn

काठमाडौं, असार ५ — राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा परीक्षा सकिएको ४० दिनमै सार्वजनिक गरेको छ। यस वर्ष ६९.७५ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन्, जुन गत वर्षको तुलनामा ८.५८ प्रतिशतले बढी हो।

नियमिततर्फ ३ लाख ३२ हजार २४१ विद्यार्थीमध्ये २ लाख ३१ हजार ७७० जना ग्रेडेड भएका छन्। १७ हजार ७८६ जनाले ३.६१ देखि ४.०० जीपीए प्राप्त गरेका छन् भने ६४ हजार ८२१ जनाले ३.२१–३.६० जीपीए ल्याएका छन्।

आंशिकतर्फ ८५ हजार ९२९ विद्यार्थीमध्ये ४२.३८ प्रतिशत ग्रेडेड भएका छन्। नियमित र आंशिक गरी कुल ४ लाख १८ हजार १७० विद्यार्थी परीक्षामा सहभागी भएका थिए, जसमा समग्र ग्रेडेड प्रतिशत ६४.१३ रहेको छ।

बोर्डका अनुसार प्रश्नपत्र सुधार, नमुना प्रश्नमार्फत तयारी तथा शिक्षक–विद्यार्थीको मेहनतले नतिजा सुधार भएको हो।

पुनर्योग गर्न चाहने विद्यार्थीले असार ६ देखि १२ गतेसम्म बोर्डको वेबसाइटमार्फत आवेदन दिन सक्नेछन्। ट्रान्सक्रिप्ट, माइग्रेसन र प्रोभिजनल प्रमाणपत्र नतिजा प्रकाशन भएको १५ दिनपछि उपलब्ध हुने बोर्डले जनाएको छ।

सम्बन्धित खबर

Leave a Comment