आत्मदाह प्रयास गरेका गणेश नेपालीको अवस्था चिन्ताजनक

by onn

काठमाडौं, २६ असार – राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको स्वास्थ्य अवस्था अत्यन्त चिन्ताजनक रहेको चिकित्सकहरूले बताएका छन्।

वीर अस्पतालका अनुसार उनको शरीरको करिब ६० प्रतिशत भाग जलेको छ भने अनुहार, टाउको र घाँटीमा गम्भीर क्षति पुगेको छ। श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई भेन्टिलेटरमा राखेर बर्न आईसीयूमा उपचार भइरहेको छ।

उपचारमा संलग्न चिकित्सकका अनुसार उपचारका क्रममा उनको अवस्था एकपटक अत्यन्त अस्थिर बनेपछि सीपीआर समेत गर्नुपरेको थियो। हाल पनि बीच–बीचमा स्वास्थ्य अवस्था बिग्रिने भएकाले निरन्तर सघन निगरानीमा राखिएको छ।

भारतको नयाँ दिल्लीमा थप उपचारका लागि लैजाने विषयमा छलफल भए पनि स्वास्थ्य अवस्था अस्थिर रहेकाले तत्काल स्थानान्तरण सम्भव नभएको अस्पतालले जनाएको छ।

गणेश नेपालीले बिहीबार काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए। हाल उनको उपचार २१ सदस्यीय विशेषज्ञ चिकित्सक टोलीको निगरानीमा भइरहेको छ।

सम्बन्धित खबर

Leave a Comment