46
काठमाडाैँ, १४ भाद्र – ढीका कारण काठमाडौं–मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। चीनतर्फबाट भोटेकोशी हुँदै आएको बाढीका कारण त्रिशूली नदीमा पानीको बहाव बढेपछि सडक अवरुद्ध भएको हो।
धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)का अनुसार त्रिशूली नदीमा आएको बाढीले तलबाट सडक कटान गरेपछि सडक अवरुद्ध भएको हो। बाढीको कटानका कारण सडकको केही भाग भासिएको छ।
आज बिहान केही समय अवरुद्ध भएर खुलेको सडक केही समयमै पुनः पूर्ण रूपमा बन्द भएको हो। सडक बन्द भएपछि काठमाडौं तथा मुग्लिनतर्फ यात्रा गरिरहेका यात्रुहरू बाटोमै अलपत्र परेका छन्।
बाढीका कारण सडक थप क्षतिग्रस्त हुन सक्ने जोखिम रहेकाले यात्रु तथा सवारी चालकलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरिएको छ।
