राष्ट्रपति पौडेल बाढी प्रभावित क्षेत्र नुवाकोट क्षेत्रको अवलोकनमा

by onn

काठमाडौं, २२ भदौ – राष्ट्रपति रामचन्द्र पौडेल बाढी प्रभावित क्षेत्रमा पुगेका छन्। पौडेल नुवाकोट पुगेर बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका हुन् ।राष्ट्रपतिले प्रभावित क्षेत्र पुगेर खोज तथा उद्धार, राहत वितरण, होल्डिङ सेन्टर सञ्चालन एवं पुनर्स्थापनालगायतका विषयमा जानकारी पनि लिएको छन् ।

राष्ट्रपति पौडेलले बाढीमा परी बेपत्ता भएकाहरूको खोजी, उद्धारमा भइरहेका प्रयास तथा बाढीले पुर्‍याएको धनजनको क्षतिबारे जिल्ला सुरक्षा समितिसँग जानकारी लिएका छन् ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीसहितका समितिका सदस्यहरूले रसुवा बाढीले जिल्लामा पुर्‍याएको धनजनको क्षतिबारे विवरण प्रस्तुत गरेका थिए ।

प्रजिअ रेग्मीले बाढी पीडितको खोज, उद्धार, राहत, पुनर्स्थापना तथा तत्काल निर्माणका सम्बन्धमा भइरहेका कामबारे पनि राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए । सो क्रममा राष्ट्रपति पौडेलले नुवाकोटस्थित बाढी प्रभावितहरू रहेको होल्डिङ सेन्टरको समेत अवलोकन गरे ।

बाढी प्रभावित नागरिकहरूले भोटेकोशीमा आएको अकल्पनीय बाढीले पुर्‍याएको धनजनको क्षतिबारे राष्ट्रपतिलाई जानकारी गराएका थिए । राष्ट्रपति पौडेलले आजै बाढी प्रभावित क्षेत्रमध्ये नुवाकोटको त्रिशूलीमा रहेको नेपाली सेनाको क्याम्प तथा रसुवा बाढीप्रभावित क्षेत्रको पनि अवलोकन गरेका थिए ।

सम्बन्धित खबर