काठमाडौं, १० असोज – संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभालाई सम्बोधन गरेर प्रधानमन्त्री बालेन्द्र शाह स्वदेश फिर्ता भएका छन । उनी कतार एयरलाइन्सको क्यूआर ६५० मार्फत अहिले केही समय अगाडी आईपुग्नुभएको हो ।
उहाँलाई स्वागत गर्न कार्यबाहक प्रधानमन्त्री तथा अर्थमन्त्री स्वार्णिम वाग्ले, गृह मन्त्री र संस्कृती मन्त्री विमानस्थमा नै पुग्नुभएको थियो । प्रधानमन्त्रीले अमेरिका भ्रमणका क्रममा हिजो शुक्रबार बिहान महासभालाई सम्बोधन गरेका थिए।
सम्बोधनका क्रममा उनले जलवायु परिवर्तनलाई गम्भीरतापूर्वक लिन विश्व समुदायसँग आग्रह गरेका थिए । जलवायु परिवर्तनका कारण नेपालजस्ता मुलुकले भोगिरहेको विनाश र त्यसको जिम्मेवारी विश्व समुदायले लिनुपर्ने विषय उठाउँदै उनले ‘हिमालयको सुनामी’ ले निम्त्याएको विनाशलाई विश्वसामु प्रस्तुत गरे। जलवायु संकटलाई बेवास्ता गरिए मानव सभ्यताले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी उनले दिए।
विश्वको कुल हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान ०।१ प्रतिशतभन्दा कम भए पनि जलवायु सङ्कटको ठूलो मूल्य नेपालले चुकाइरहेको प्रधानमन्त्रीको भनाइ थियो । सभालाई सम्बोधन गर्दै उनले नेपाल, भारत र चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रस्ताव समेत गरे।
प्रधानमन्त्री शाहले भ्रमणका क्रममा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससहित विभिन्न देशका प्रतिनिधिसँग भेटवार्ता गरेका थिए। महासभामा सहभागी प्रधानमन्त्री शाह गत मंगलबार अमेरिका प्रस्थान गरेका थिए।
