3
काठमाडौं, २४ कार्तिक – राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को पूरकतर्फको मौका परीक्षाको नतिजा आइतबार सार्वजनिक गरेको छ। बोर्डका अनुसार असोज ७ र ८ गते सञ्चालन भएको उक्त परीक्षामा १ लाख ४ हजार २६ विद्यार्थी सहभागी भएका थिए।
परीक्षामा सहभागी भएकामध्ये ७६ हजार ३६७ जना (७३.४१ प्रतिशत) परीक्षार्थीले ग्रेड प्राप्त गरेका छन्। बोर्डले ४ परीक्षार्थीको परीक्षाफल भने रद्द गरेको जनाएको छ।
परीक्षार्थीहरूले पूरकतर्फको मौका परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्डको आधिकारिक वेबसाइट, नेपाल टेलिकमको वेबसाइट र १६०० मा एसएमएस गरी थाहा पाउन सक्नेछन्।
