बाग्लुङको तिताैरेमा पहिरोले घर पुर्दा खिलकुमारीले गुमाइन् ज्यान

काठमाडौं, २७ असार – वर्षाका कारण पहिरोेले घर पुरिँदा बागलुङमा एक जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका-७ तितौरेमा गए राति पहिरोेमा घर पुरिएर ५५ वर्षीया खिलकुमारी शर्माको मृत्यु भएको हो ।

शर्मा घरमा एक्लै बस्दै आएकी बागलुङ-७ का वडाध्यक्ष मेघनाथ गैरेले जानकारी दिए । आज बिहान छिमेकीले थाहा पाएपछि प्रहरी र जनप्रतिनिधिलाई खबर गरेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार