आज बसन्तपुरमा चीर ठड्याइएसँगै होली पर्वकाे आरम्भ

by onn

काठमाडौं,  १२ फाल्गुन  –  आज  मंगलबारदेखि फागु पर्व अर्थात रंगहरुको उत्सव होली औपचारिक रुपमा सुरु भएको छ । काठमाडौंको वसन्तपुरस्थित हनुमानढोकामा तीन खण्डे चीर ठड्याइएसँगै यस वर्षको फागु पर्व अर्थात होली उपत्यकालगायत मुलुकभर औपचारिक रुपमा सुरु भएको हो ।

आज बिहान ७ः१३ बजेको शुभसाइतमा पारेर बाजागाजासहित रंगीचंगी ध्वजा र पताकाले सिँगारिएर तीन छत्रे होलीको चीर ठड्याएका हुन् । फागुन शुक्ल अष्टमीदेखि फागुन शुक्ल पूर्णिमासम्म होली पर्व मनाउने गरिन्छ । यस वर्षको होली पर्वको मुख्य दिन फागुन १८र१९ गते परेको छ । १८ गते हिमाली तथा पहाडी जिल्लामा र १९ गते तराई जिल्लामा होलीको सार्वजनिक विदा दिइएको छ ।

सम्बन्धित खबर

Leave a Comment