22
काठमाडौं, १ श्रावण – नयाँ आर्थिक वर्ष २०८२/८३ को पहिलो दिन शेयर बजारमा उत्साह देखिएको छ। आर्थिक वर्षको पहिलो दिन अर्थात् साउन १ गते बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उछाल देखिएको हो । बिहीबार एकै दिन नेप्से ७५.८४ अंकले बढेको छ । बिहीबार नेप्से २.७१ प्रतिशतले बढ्दा परिसूचक २८७०.६३ बिन्दुमा पुगेको छ ।