काठमाण्डौ, ७ मङ्सिर – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) दुईदिने भारतको राजकीय भ्रमण सम्पन्न गरी सोमबार साँझ स्वदेश फर्किएका छन् । प्रधानमन्त्री शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले स्वागत गरेका छन् ।
दुई दिने राजकीय भ्रमण सकेर नेपाल फर्किएका प्रधानमन्त्री बालेन शाहले भारतीय समकक्षी नरेन्द्र मोदीलाई धन्यवाद ज्ञापन गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत आफ्नो भ्रमणका क्रमका केही तस्वीरहरू सेयर गर्दै धन्यवाद दिएका हुन्
भारत भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । भेटमा नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने, ऊर्जा, व्यापार तथा पूर्वाधार विकासलगायतका विषयमा छलफल भएको थियो ।
भ्रमणका क्रममा दुई देशबीच आठ क्षेत्रमा सहकार्य गर्ने समझदारीपत्र आदानप्रदान भएको थियो । त्यस्तै, काठमाडौं–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउने सहमति पनि भएको थियो ।

