ब्यापार प्रबद्र्धनमा चेम्बर अघि, वरिष्ठ उपाध्यक्ष मल्लको दाबी

बुटवल, ९ वैशाख – उद्योग व्यापार संगठन रुपन्देहीको १२ औं वार्षिक साधारण सभामा नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष राजेन्द्र श्रेष्ठले सम्बोधन गर्दै उहाँले अन्तराष्ट्रिय विमानस्थल लुम्बिनीमा भए पर्यटनसँगै आर्थिक वृद्धिको लागि पहल हुने बताउनुभयो ।  बुद्ध धर्मको प्रचारले लुम्बिनीका साथै नेपालभर पर्यटनको संख्यामा वृद्धि हुने भएकाले अभियानको लागि अघि बढ्नुपर्ने बताउनुभएको छ ।

कार्यक्रममा बाेल्दै उपाध्यक्ष मल्लले विगतमा भएको उर्जा संकटको कारण उत्पादन लागतमा वृद्धि हुनु, नयाँ प्रविधिको अभावमा उत्पादकत्व तथा प्रर्तिश्पर्धि क्षमतामा ह्रास, उच्च व्याजदरको कारण पूँजिको लागतमा वृद्धि हुनु, काममा ढिला सुस्ती, श्रमको समस्या, दक्ष कामदारको अभावको कारणले उद्यगीहरुले आफ्नो लागत भन्दा कममा उद्योगहरु संचालन गर्न वाध्य भईरहेकाे बताएकाछन् ।

उनले समग्र रुपमा भन्नु पर्दा शान्ति सुरक्षा, राजनैतिक स्थायित्व, ऐन नियम कानूनमा सकयानुकूल परिवर्तन, भ्रस्टाचार मुक्त प्रशासन श्रमिकहरुको स्थायित्व हुनुनै निजी  क्षेत्रको प्रमुख चाहना हो । हालै मात्र भएको लगानी सम्मेलन बाट विदेशी लगानी भित्र्याउने र स्वदेशी
उद्योगहरुलाई प्रोत्साहन गर्ने नितीको अवलम्वन हुनसकेमा मात्र  लगानीकर्ताहरुको विश्वास बढ्न जाने कुरा बताए।

बुद्धको जन्मभूमिमा आएर नेपाल चेम्बर अफ कमर्शको विशिष्ट आतिथ्यता प्रदान गरि  बोल्ने मौका दिएकोमा,  उद्योग व्यापार संगठन रुपन्देहिलाई धन्यवाद दिदै नेपाल संघिय स्वरुपमा स्थापित भई सकेको परिप्रेक्ष्यमा नेपाल चेम्बर अफ कमर्शलाइ पुनः संरचनालाई विस्तार गरी सवै प्रदेश, सवै जिल्ला, सवै नगर पालिका, सवै गाँउपालिकाहरुमा समेत स्थापित गर्दै जानु पर्ने कुरामा जोड दिनुभयाे ।

उहाँले औद्योगिक क्षेत्रको प्रबद्र्धनका लागि चेम्बर अफ कर्मश तयार रहेको जनाउँदै महिला उद्यमीलाई बढावा दिनुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा नेपालको समग्र आर्थिक विकासकोलागी निजी क्षेत्र र सहकारी क्षेत्र बिच समन्वय र सहकार्यमा सदैंव तत्पर रहि आज भन्दा ६८ बर्ष अगाडी देखि निजी क्षेत्रको शतिकारणबाट मात्र राष्ट्र्को समग्र विकास संभव हुने मूलमन्त्रलाई अगिंकार गरि नेपाल चेम्बर अफ कमर्शको स्थापना भएको उहाँले बताउनुभयो ।

चेम्बरले आर्थिक तथा व्यापारिक गतिविधीहरु अगाडी बढाएर व्यापार मेलाको आयोजना, अन्य मूलुकहरुसंग हुने व्यापार मेलाहरुमा भाग लिने, व्यापारिक प्रतिनिधी मण्डलको आदान प्रदान गर्ने जस्ता संम्वन्धलाई विस्तार गर्ने कार्यक्रमलाई अगाडि बढाउंदै आईरहेको उपाध्यक्ष मल्लको भनाई थियो । देशको अर्थ व्यवस्थालाई मजवुत वनाउन राज्यले अगिंकार गरेको उदारिकरण नितिलाई अवलम्बन गरि आर्थिक सवृद्धि कायम गर्ने औद्योगिकीकरणको विकास गरि आयात प्रतिस्थापन गर्ने, निर्यातलाई प्रवद्र्धन गरि आत्मनिर्भरता तिर जानु जरुरी
रहेको उहाँले बताउनुभयो ।

कृषि, जल विद्युत, पर्यटन पूर्वाधार विकास,प्राकृतिक स्रोतको परिचालन तथा  लगानी मैत्री वातावरणको निर्माणमा केन्द्रित हुन सकेमा मुलुकको व्यापक आर्थिक उन्नती हुने कुरामा वरिष्ठ उपाध्यक्ष मल्ल विष्वस्त थिए । मुलुक संघिय संरचनामा स्थानान्तरण भई सकेको कुरालाई मध्यनजरमा राखि प्रदेश अनुसार निती नियम बन्नु जरुरी रहनुका साथै स्थानिय, प्रदेश र संघीय करका दायराहरुमा विषेश ध्यान दिनु पर्नेमा मल्लको जोड थियो । कार्यक्रममा उपप्रधान एंव रक्षा मन्त्री इश्वर पोख्रेलको पनि सहभागिता थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार