कतारका अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौंमा

काठमाडौं, ११ वैशाख  – कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल आइपुग्नु भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गर्नुभएको छ । कतारका अति विशिष्ट पाहुनाको स्वागतका लागि काठमाडौँको मुख्य सडक, चोकमा स्वागतद्वार, तुल ब्यानरसहित चिटिक्क पारिएको छ ।

कतारका अति विशिष्ट पाहुना अमिरको स्वागतका लागि राष्ट्रपति पौडेल विमानस्थल पुग्नुभएको हो। उहाँको स्वागतका लागि राष्ट्रपति पौडेलसँगै उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सरकारका मन्त्री र विशिष्ट व्यक्तित्व विमानस्थल पुग्नुभएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि तीनकुने, नयाँ बानेश्वर, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, कालीमाटी, जमल, लैनचौर, त्रिपुरेश्वरलगायत क्षेत्रमा स्वागतद्वारसहित सडक सफाइलगायतका व्यवस्थापन गरिएको छ ।

कतारका अमिरको भ्रमणले दुई देशबीचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास लिइएको छ । मध्यपूर्व एसियाबाट नेपालमा पहिलो पटक हुन लागेको यो उच्चस्तरको भ्रमणमा हो । पश्चिम एसियाको महत्वपूर्ण शक्ति राष्ट्रका प्रमुखको भ्रमणलाई महत्वका साथ हेरिएको छ ।नेपालको वैदेशिक श्रम गन्तव्यमध्ये कतार एक महत्वपूर्ण देश हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार