थ्री स्टारलाई एन्फाले १ करोड ५० लाख क्षतिपुर्ति दिने

काठमाडौं, २९ भदौ – अखिल नेपाल फुटबल संघ (एन्फा) ले रुस्लान थ्री स्टार क्लबलाई १ करोड ५० लाख क्षतिपूर्ति दिने निर्णय गरेको छ । एन्फाको कारण थ्री स्टारले गतवर्ष एएफसी कपको दोस्रो चरण खेल्न नपाएपछि क्लबलाई बिहीबार बसेको एन्फाको कार्यसमिति बैठकले १ करोड ५० लाख क्षतिपूर्ति दिने निर्णय गरेको हो ।

असोज २३ गते बस्ने साधारणसभाले निर्णय अनुमोदन गरेपछि मात्रै क्लबले क्षतिपूर्ति पाउनेछ । पहिलो चरण पार गरे पनि एन्फाको गल्तिका कारण थ्री स्टारले दोस्रो चरण खेल्न पाएको थिएन ।

थ्री स्टारले दोस्रो चरणको खेल खेल्न नपाएपछि क्लबले दोषीमाथि कारवाही र ६ करोड रुपैयाँ क्षतिपूर्ति माग गरेको थियो । यस्तै थ्री स्टारले आफ्नो माग पुरा नभएसम्म भन्दै एन्फाले आयोजना गर्ने प्रतियोगिताहरु बहिस्कार गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार