भौतिकशास्त्री स्टेफन हकिङ्काे निधन

काठमाडौं, ३० फागुन – भौतिकशास्त्री स्टेफन हकिङ्को निधन भएको छ । उनको ७६ वर्षको उमेरमा निधन भएको परिवारले पुष्टि गरेको छ । हकिङले, ब्ल्याक होल्स र सापेक्षता सहित अ ब्रिफ हिष्ट्री अफ टाइम लगायत विज्ञानका थुप्रै किताब लेखेका छन् ।

हकिङका छोराछोरी लुसी, रोबर्ट र टिमले, आफ्ना बाबु आजै बितेको भन्दै आफुहरु मर्माहत भएको बताएका छन् । उनीहरुले भनेका छन्, “उनी महान् वैज्ञानिक थिए र अद्भुद मान्छे थिए, उनको काम र बिरासत वर्षाैंसम्म जीवित रहनेछ“ । हकिङको शाहस र दृढताको प्रसंशा गर्दै छोराछोरीले उनको प्रतिभा र रसिकपनले संसारभरका मान्छेलाई प्रेरणा दिएको बताएका छन् ।

आफ्ना बाबुले  एक पटक “यदि तिमीले माया गर्ने मान्छेको बासस्थान थिएन भने यो ब्रह्माण्डको अस्तित्व रहने थिएन“ भनेको र उनको अभाव अब सधैं खड्किरहने उनीहरुको भनाइ छ ।

उनको शारीरिक अवस्था एकदम कमजोर भएपनि उनको विचारले विश्वलाई नयाँ बाटो देखाउन सफल भयाे । १९६३ देखि उनी मोटर न्युरोन नामक रोगबाट पीडित थिए। सो समयमा चिकित्सकहरुले उनलाई २ वर्ष मात्रै बाँच्ने भनेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार