गाई काट्न पाउनुपर्ने उपसभामुखको अभिव्यक्तिको विरोध, नेबिसंघले निकाल्यो राँके जुलुस

नुवाकोट,११ चैत-प्रदेश नम्वर ३ की उपसभामुख राधिका तामाङले राष्ट्रिय जनावर र हिन्दु नेपालीहरुले लक्ष्मीको रुपमा मान्दैै आएको गाई काटेर खान पाउनुपर्ने अभिव्यक्ति दिएको विरोधमा उनको गृह जिल्ला नुवाकोटमा प्रदर्शन भएको छ ।

तामाङको अभिव्यक्ति समस्त नेपालीहरुको आस्थामा प्रहार गर्ने उद्धेश्यवाट प्रेरित रहेको भन्दै शनिवार युवा विद्यार्थीहरुले सदरमुकाम क्षेत्रमा मसाल जुलुस सहित प्रदर्शन गरेका छन् ।

नेपाली काँग्रेस सम्वद्ध नेपाल विद्यार्थी संघ र तरुण दल सहितका भातृसंस्थाहरुले शनिवार साँझ ढुँगेवजार देखि सुरु गरेको मसाल जुलुस विदुर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा संवोधन गर्दै नेपाली काँग्रेसका जिल्ला सभापति जगदीश्वरनरसिंह केसी, महासमिति सदस्य रमेशकुमार महत, नेविसंघका महामन्त्री कुन्दनराज काफ्ले, राप्रपाका जिल्ला अध्यक्ष बिष्णुप्रसाद सापकोटाले उपसभामुख तामाङको अभिव्यक्ति समस्त नेपालीहरुको आस्थामा प्रहार गर्दै जातीय र धार्मिक सद्भाव भड्काउने उद्धेश्यवाट प्रेरित रहेको आरोप लगाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार