पुर्वसांसदले लिए नियम मिचेरै पैसा !

काठमाडौं, ३० चैत – अघिल्लो संसद्का सांसदहरुले ऐनविपरीत ४ करोड ९१ लाख ११ हजार रुपैयाँ लिएको पाईएको छ । संघीय ससद्का पदाधिकारी तथा सदस्यको पारीश्रमिक र सुविधासम्बन्धी ऐन लागु हुनु अगावै पुर्ववर्ती संसद्का सांसदहरुले बढाएर सुुविधा लिएका हुन् ।

महालेखा परीक्षकको कार्यालयले विहीबार सार्वजनिक गरेको आर्थिक बर्ष २०७३, ७४ को वार्षिक प्रतिवेदनमा उक्त तथ्य उल्लेख छ । २०७३ साउन १ बाट नै सांसदले बढेको सुविधा लिन गालेका हुन् तर, २०७३ पुस ७ गतेमात्र सुविधा बृद्धिसम्बन्धी ऐन राजपत्रमा प्रकाशित भएका े थियो ।

पुरानो कानुन्अनुसार नै सांसदहरुले दैनिक बैठक भत्ताबापत दुई सय, आवास भत्ताबापत मासिक ६ हजार ५ सय र परिवहन भत्ताबापत दैनिक १५० पाउँथे ।

सांसद्ले नयाँ ऐन कार्यान्वयन नहुँदै त्यसमा व्यवस्था भएबमोजिमको दैनिक बैठक भत्ता १ हजार, परवहनभत्ता १ हजार र आवसभत्ता मासिक १८ हजार रुपैयाँ अग्रिम रुपमा लिएको प्रतिवेदनमा उल्लेख छ ।, – नागरिक दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार