परेवाको लिलामी १७ करोडमा

एजेन्सी – एउटा परेवालाई लगभग १७ करोड रुपैयाँमा लिलाम बिक्री गरिएको छ । लिलाम गराउने कम्पनी पीपाले अर्मान्डो नामक यो परेवालाई लामो दूरीको सर्वोत्कृष्ट बेल्जियन परेवा बताएको छ । यसअघि सबभन्दा महंगो परेवा लगभग साढे ४ करोड रुपैयाँमा बिकेको थियो । अर्मान्डोलाई लिलामीमा राखिँदा रेकर्ड टुटेको छ ।

यो परेवा अहिले पाँच वर्षको भएको छ र अहिले सेवानिवृत्त भएको छ । सामान्य परेवाको मूल्य २५ सय युरो छ । तर अर्मान्डो सामान्य परेवा हैन । उसले लगातार उडान प्रतियोगिता जित्दै आएको छ । अर्मान्डोका धेरै प्रशंसक छन् ।

बेल्जियमको परवेज शहरका स्थानीय पिजन फेन्सिङ एसोसिएसनका अध्यक्ष फ्रेड वेंकेलीले बेल्जियमको सरकारी ब्रोडकास्टर आरटीबीएफलाई यो परेवाहरूको लुईस ह्यामिल्टन भएको र खेल इतिहासमा यसको विशेष महत्त्व रहेको बताए ।

सन् २०१८ को एस पिजन च्याम्यिनशिप, सन् २०१९ को पिजन ओलम्पियाड र अंगूलेम उसले जितेको हो । अर्मान्डो अहिले रिटायरमेन्टको आनन्द लिइरहेको छ तर उसका नयाँ मालिकले प्रजनन गराउनेछन् र उसको वंशलाई अगाडि बढाउनेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार