थप १७ जनामा देखियो कोरोना, संक्रमितको संख्या ९९ पुग्यो

काठमाडौं, २४ बैशाख – नेपालमा आज थप १७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका १७ जनामा कोरोनाभाइरस पुष्टि भएको हो। योसँगै नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ९९ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार आज कोरोना भाइरसको संक्रमण पुष्टि भएकामा २ महिनाका शिशु पनि छन्। थपिएका सबै संक्रमित पर्सा जिल्लाका हुन्। उनीहरूमध्ये १० पुरूष र ७ महिला छन्।

संक्रमितहरुमा एक जना नेकपाका वडास्तरीय नेता समेत रहेका छन्। उनी लकडाउनमा राहत वितरण गर्न गएका थिए।  यसअघी सोहि वडाका एक कोरोना संक्रमित सफाइकर्मीको सम्पर्कमा आएका उनमा कोरोना देखिएको हो।

सफाइकर्मी जमातीहरुसँग सम्पर्कमा आएका व्यक्ति थिए। सफाइ कर्मचारीसँग सम्पर्कमा आएका नेकपाका स्थानिय नेताको परिवारका ३२ जनामा गरिएको स्वाब परिक्षणमा १७मा कोरोना पोजेटीभ देखिएको हो।

सफाइकर्मीसँगै राहत बाँडेका नेकपाका स्थानिय नेताको सम्पर्कमा आएका अन्यमा पनि करोना संक्रमण देखिएको हो। बीरगंजमा मंगलवारबाट पीसीआर टेस्ट शुरु भएको थियो। नारायणी अस्पतालमै शुरु भएको यो टेस्टकै क्रममा १७ जनामा संक्रमण फेला परेको स्वास्थ्य अधिकृत जयमोद ठाकुरले जानकारी दिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार