कक्षा १२ को परीक्षा असोजमा

काठमाडौं, ८ साउन, – सरकारले १ भदौदेखि परीक्षा सञ्चालन अनुमति दिएसँगै राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा असोजमा गर्ने तयारी अगाडि बढाएको छ ।

असोज १५ गतेभित्र परीक्षा सम्पन्न गर्ने योजना रहेको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए । उनले भने, ‘कक्षा १२ को परीक्षा १५ असोजमा सम्पन्न गर्ने लक्ष्य छ, त्यही अनुसार मन्त्रालयसँग अनुमति माग गरेका छौं

।’ उनले भने सुरक्षा सावधानी अपनाइ परीक्षा हुने निश्चित भएकाले तयारी थाल्न विद्यार्थीलाई आग्रह गरेका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुमति दिएपछि परीक्षाको तयारीलाई तीव्रता दिने बोर्डले जनाएको छ । सरकारले मंगलबार मध्यरातिदेखि लकडाउन हटाइएको छ भने भदौ १ गतेदेखि विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्न अनुमति दिइएको छ । कोरोना भाइरस संक्रमणको जोखिमका कारण सरकारले २०७६ चैत ११ गतेदेखि देशभर लकडाउन घोषणा गर्दै परीक्षाहरु स्थगित गरेको थियो ।

१२ कक्षाको परीक्षामा चार लाख ३२ हजार विद्यार्थी सहभागी हुँदैछन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार