आईपे रेमिटको बम्पर पुरस्कार विजेतालाइ बाइकको चाबी हस्तान्तरण

काठमाडौं – आईपे रेमिटको बम्पर पुरस्कार विजेतालाइ बाइकको चाबी हस्तान्तरण गरेकाे छ । आईपे रेमिटले नेपालीहरुको महान चाड बडादशैँ, तिहार र छठलाई लक्षित गरी आईपे रेमिटले “आईपेबाट पैसा आयो, उपहारमा बाईक पायो” योजना ल्याएको थियो ।

मलेसिया लगायत विश्वका अन्य विभिन्न मुलुकबाट आई पे रेमिटमार्फत पठाएको पैसा प्राप्त गर्दा दैनिक र साप्ताहिक पुरस्कार स्वरुप क्रमशः ७ जनालाई प्रेसर कुकर र १ जनालाई टिभीका साथै १ जना भाग्यशाली विजेतालाई बम्पर पुरस्कारमा बाईक पनि प्रदान गरिने योजना रहेको थियो ।

सोही कार्यक्रम अन्तर्गत बम्पर पुरस्कार विजेता विष्णु कुमारी जैंसीलाई पुरस्कार वितरण गरिएको छ । उल्लासपूर्ण सहभागिता रहेको यस योजनाका अन्य विजयीहरुलाई यसअघि नै पुरस्कार वितरण गरिसकिएको थियो भने बम्पर पुरस्कार विजेतालाई आईपे रेमिटकी ब्रान्ड एम्बेसेडर वर्षा शिवाकोटीले होन्डा साइन बाइकको चाबी हस्तान्तरण र बधाई ज्ञापन गरेसँगै यस योजनाको सम्पूर्ण कार्यक्रम सम्पन्न भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार