सुबिसुको २१औ वार्षिक उत्सवमा देशभरि २१ ठाउँमा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं, ३० पुस – नेपालको सुचना तथा संचार क्षेत्रमा अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केबलनेट लिमिटेडले आफ्नो २१औ वार्षिक उत्सवको अवसरमा देशभरि २१वटा ठाउँमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

समाजिक उत्तरदायित्वलाई कार्यन्वयन गर्ने उद्देश्यका साथ कम्पनीले यस कार्यक्रम सञ्चालन गरेको हो । रेडक्रस सगँको सहकार्यमा सञ्चालित यस कार्यक्रम देशका विभिन्न स्थानहरु बालुवाटार, धनगढी, नेपालगञ्ज, तौलिहवा, बर्दघाट, भण्डारा, हेटौडा, बीरगंज, लहान, कलैया, गरुडा, लालबन्दी, जलेश्वर, जनकपुर, राजविराज, बिराटनगर, बिर्तामोड, बनेपा, नारायणघाट, चरिकोट,चपुर मा सफलता पुर्वक सम्पन्न गरेको छ ।

कार्यक्रम सफल गराउन सहयोग पुर्याउनु भएका सम्पूर्ण प्रति कम्पनीले आभार प्रकट गरेको छ । आउने दिनहरुमा थप विविध यस्तै कार्यक्रमहरु गरि समाजिक उत्तरदायित्वलाई पूर्णरुप गराउन कम्पनी सदैब तत्पर रहेको प्रेस विज्ञप्तिमा जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार