राष्ट्रपतिबाट नयाँ सरकार गठनको लागि राजनीतिक दलहरुलाई आह्वान

काठमाण्डौ – १२ जेठ-  राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार  नया सरकार गठनकाे लागी राजनीतिक दलहरुलाई अाह्वान गरेकी छन् । बुधबार राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिएपछि नेपालको संविधानको धारा २९८ को उपधारा (२) बमोजिम सात दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरी निजको अध्यक्षतामा मन्त्रिपरिषद्‌को गठन गर्नको लागि व्यवस्थापिका-संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुलाई राष्ट्रपतिले आह्वान गरेकी हुन् ।

सातदिन भित्र सहमतिको आधारमा प्रधानमन्त्री चयन हुन नसके मात्रै बहुमतका आधारमा प्रधानमन्त्री चयन गर्नुपर्ने संवैधानीक व्यवस्था रहेकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार