गुल्मीमा कांग्रेस नेता चढेको गाडिलाई लक्षित गरी बम विष्फोट

गुल्मी, ११ मंसिर – गुल्मीको मुसिकोट नगरपालिका –१ नेटाथामामा नेपाली कांग्रेसका नेता चढेको गाडिलाई लक्षित गरी बम विष्फोट भएको छ । सोमबार पौदीअमराईबाट दलिङ्गमा हुने चुनावी कार्यक्रमका लागि जाँदै गरेका नेपाली कांग्रेसका जिल्ला सचिव खिलध्वज पन्थी र कांग्रेसका क्षेत्रीय सभापति भगत खड्का चढेको गाडिलाई लक्षित गरी बम प्रहार भएको हो ।

नेपाली कांग्रेसका जिल्ला सचिव खिलध्वज पन्थी र क्षेत्र नं २ का पार्टी सभापति भगत खड्का सवार लु १ च ९४५८ नम्बरको जीपलाई लक्षित गरेर बम प्रहार भएको थियो । माथिबाट फालिएको वम गाडी भन्दा ५ मिटर पछाडि खस्नाले आफुहरु बाँच्न सफल भएको नेता खिलध्वज पन्थीले अाे एन एन लाई जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी गंगा बहादुर थापाका अनुसार पौदी अमराई प्रहरी चौकिबाट प्रहरीको टोली घटनास्थलमा पठाइ सकिएको छ । साथैै बम प्रहार गर्ने समुहको खोजी भइरहेको थापाले बताए । नेपाली कांग्रेस गुल्मीले घटनाको भत्सर्ना गर्दै दोषीलाई कारबाहीको लागि जोडदार माग गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार