एमाले अध्यक्ष ओली र भारतीय प्रधानमन्त्री मोदी फोन वार्ता, निमन्त्रणा साटासाट

काठमाडौं, ७ माघ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई आज अपरान्ह भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गर्नु भएको छ । अध्यक्ष ओली र प्रधानमन्त्री मोदीको फोन वार्तामा अंग्रेजी नयाँ बर्ष २०१८ को शुभकामना आदानप्रदान  भएको छ ।

प्रधानमन्त्री मोदीले अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा शुभकामना दिनुभएको छ । मोदीले अध्यक्ष ओलीले प्रधानमन्त्रीका रुपमा पदभार ग्रहण गरेपछि आफू भारतमा स्वागत गर्न प्रतिक्षारत रहेको बताउनुभएको छ । अध्यक्ष ओलीले प्रधानमन्त्री मोदीको प्रस्ताव स्वीकार्दै वहाँलाई पनि नेपाल भ्रमणको निमन्त्रणा दिनुभएको छ ।

अध्यक्ष ओलीले मोदीलाई रामजानकी मन्दिर र मुक्तिनाथको दर्शन गर्न आग्रह गर्नुभएको छ । प्रधानमन्त्री मोदीले यस अघिको नेपाल भ्रमणमा  यी तीर्थ स्थल भ्रमणको इच्छा व्यक्त गर्नुभएको थियो ।

newyear-RBB

newyear-RBB
http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार