अर्थमन्त्री डा. खतिवडा किन जाँदैछन् दिल्ली ?

काठमाडौं, ३० फागुन –  अर्थमन्त्री डा. युवराज खतिवडा बुधबार दिल्ली जाँदै छन् । नयाँ दिल्लीबाट आशा थपलियाले यो समाचार लेखेकी छिन् । बुधबारदेखि हरियाणा राज्यको गुरुग्राममा सुरु हुने प्रतिकातंकवाद सम्मेलन २०१८ मा भाग लिन उनी दिल्ली जान लागेका हुन् ।

l;+xaf/l:yt k|wfgdGqL sfof{nodf cfh a;]sf] dlGqkl/ifbsf] a}7sdf ePsf] lg0f{osf] ;fj{hlgs ub}{ cy{dGqL 8f o’j/fh vltj8f . t:jL/ M /f]zg ;fksf]6f, /f;;

तीनदिने सम्मेलनको उद्घाटन सत्रमा की नोट स्पिकरका रुपमा अर्थमन्त्री खतिवडा सहभागी हुँदै छन् । उद्घाटन सत्रमा भारतका गृहमन्त्री राजनाथ सिंहका साथ अर्थमन्त्री खतिवडाले मञ्च सेयर गर्नेछन् ।

वाम गठबन्धनको नेतृत्वमा बनेको नयाँ सरकारका तर्फबाट भारत जान लागेका उनी पहिलो मन्त्री हुन् । — अन्नपूर्ण पोस्ट दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार