सिटी एक्सप्रेसकाे दशैं- तिहार र छठको उपहार कार इलामका जमानसिंहलार्इ

काठमाडौं, १६ चैत – सिटी एक्सप्रेस मनि ट्रान्सफरले आयोजना गरेको लक्की ड्रमार्फत् उनले लाखौं रुपैयाँ पर्ने कार नै उपहार पाएका छन् । सिटी एक्सप्रेसले गत दशैं- तिहार र छठको अबसर पारेर यो उपहार योजना ल्याएको थियो । सोही योजना अन्र्तगत तामाङ सिटी एक्सप्रेसको साउदी अरबस्थित एजेन्ट एएनबी बै‌ककाे टेलिमनीबाट पत्नी बिमलालाई इलाममा पैसा पठाएका थिए ।

परिवार पाल्न साउदी अरबमा रोजगारीका लागि गएका जमानसिंह तामाङले आफ्नी श्रीमतिलाई घरखर्चवापत पैसा पठाउँदा भाग्य चम्किएको छ ।

अन्त्यमा मिति २०७४ साल मंसिर २८ गतेका दिन यस कम्पनीको ब्राण्ड एम्बासडर श्री सिताराम कट्टेल (धुर्मुस) र यस कम्पनीका प्रबन्ध निर्देशक श्री चन्द्र टण्डन द्वारा सिटी एक्सप्रेस कम्प्लेक्स भवनमा Facebook Live कार्यक्रमको आयोजना गरी उक्त उपहार योजनाकोे बम्पर उपहारको रुपमा रेनौल्टको क्विड आर एक्सएल कार को विजेताको छनौट गरिएको थियाे ।

यस अनुरुप ANB Telemoney का Head Anwar Al Murshed को प्रमुख अतिथ्यमा अाज काठमाण्डौंको शंकर होटेलमा आयोजित एक समारोह बिच बम्पर कार बिजेता जमान सिंह तामाङलाई Renault को Kwid (RXL) कार हस्तान्तरण गरेकाे छ ।

हालै काठमाण्डौमा आयोजित कार्यक्रममा तामाङलाई रेनोल्ट क्वीड गाडी हस्तान्तरण गरियो । ९० दिनसम्म चलेको ‘सिटी एक्सप्रेस उत्सव एक्सप्रेस’ अन्तर्गत सिटी एक्सप्रेस मनी ट्रान्सफर मार्फत विदेशबाट नेपालमा रहेका आफन्तलाई रेमिटान्स रकम पठाए वापतमा दैनिक रुपमा एक जना भाग्यशाली विजेताले एक तोला चाँदीका सिक्का, क्याप , टी सर्ट र किरिङ्ग , साप्ताहिक रुपमा एक जना भाग्यशाली विजेताले ओप्पो मोबाइल, र हरेक महिनामा एक जना भाग्यशाली विजेताले एलजी रेफि्रजेरेटर प्राप्त गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार