सिद्धार्थ राजमार्ग सिद्धबाबामा पहिरो गएपछि बुटवल तानसेन सडक अवरुद्ध

बुटवल, १८ असार – सिद्धार्थ राजमार्गको बुटवल नजिकै सिद्धबाबामा पहिरो गएपछि बुटवल तानसेन सडक राती देखि अबरुद्ध भएको छ।राति ११ बजे सिद्धार्थ राजमार्गको तिनाउ गाउँपालिका वडा नम्वर ३ सिद्धबाबा मन्दिर नजिकै पहिरो खसेपछी सडक अवरुद्ध भएको पश्चिम क्षेत्रीय टाफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।

सडकमा लेदो माटो र ढुंगाासहितको पहिरो गएको छ। वर्षा भइरहेकाले पहिरो हटाउने कार्य अझै सुरु भएको छैन् ।पहिरोले सडक अवरुद्ध भएपछि स्याङ्गजा, पोखरा, बाग्लुङ्ग, गुल्मी, अर्घाखाँची लगायतका जिल्लाबाट बुटवल आउँदै र जाँदै गरेका यात्रु अलपत्र परेका छन् । पहिलो हटाउन डोजर प्रयोग गर्ने तयारी भईरहेको सडक डिभिजन कार्यालय पाल्पाका इन्जिनियर पवित्रमणी आचार्यले बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार