आज फेरी विप्लपको राप्ती बन्द, दाङबाट छुट्ने सवारीका साधनहरु चलेनन्

काठमाडौं — नेपाल कम्युनिष्ट पार्टी राप्ती ब्यूरोले आज २३ गते राप्ती बन्दको आह्वान गरेको छ ।नेपाल कम्युनिष्ट पार्टीका राप्ती ब्यूरो इन्चार्ज सुवासले एक प्रेस विज्ञप्ती जारी गरि गिरफ्तार आफ्ना नेताकार्यकर्ताहरुको विनासर्त रिहाइ गर्न, राज्य सरकारको फासिवादी रवैयालाई नियन्त्रण गर्न र वैज्ञानिक समाजवादी आदर्श र मुल्यमान्यता स्थापित गर्न यही फागुन २३ गते १ दिने राप्ती बन्द कार्यक्रम आयोजना गरिएको जानकारी गराएका छन ।

देशैभरि र राप्तीका विभिन्न जिल्लाबाट प्रहरी प्रशासनद्वारा गैरकानुनी र गैरलोकतान्त्रिक रुपमा गिरफ्तार, धरपकड, कुटपिट, मध्यरातमा आफ्ना नेताकार्यकर्ताहरुको घर खानतलासी, गालीगलौज, आतकिंत पार्ने र रोल्पा, दाङ लगायत जिल्लाहरुमा शान्तिपूर्ण रुपमा भइरहेका जनवर्गीय संगठनको सभा, सम्मेलन, भेला, कार्यक्रमहरुलाई प्रहरीद्वारा बिथोल्ने र रोक लगाइएको र फागुन २० गते ने.क.पा. रोल्पा जिल्ला सदस्यहरु टिकाराम परियार, लाल बहादुर विक, नृतेन्द्र सेन र फागुन २१ गते शहिद परिवार, बेपत्ता योद्धा परिवार, घाइते अपाङ्ग अभिनन्दन कार्यक्रमबाटै दाङ जिल्ला पार्टी सचिवालय सदस्यहरु प्रदिप वली, इश्वरी पाण्डे र पार्टी जिल्ला सदस्य रुद्र वलीलाई गैरकानुनी ढंगले गिरफ्तार गरेको भन्दै विनासर्त रिहाइ गर्न मागसहित आयोजना गरिएको विज्ञप्तीमा उल्लेख छ ।

दाङबाट छुट्ने सवारीका साधनहरु चलेनन् 

यसैबीच बन्दका कारण राप्तीको जनजीवन प्रभावित भएको छ । दाङबाट छुट्ने छोटो तथा लामो दुरीका सवारीका साधनहरु चलेका छैनन् ।जिल्लाका मुख्य बजार र शैक्षिक संस्थाहरु पूर्णरुपमा बन्द रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार