कसरी भयो यत्रो खर्च !, बाहिरी चक्रपथको कमै नभई ११ करोड स्वाहा

काठमाडौं, ४ वैशाख –  काठमाडौं उपत्यकाका तीनवटा जिल्लालाई एक फन्को लगाउने उद्देश्यका साथ अघि बढाइएको बाहिरी चक्रपथ आयोजनामा कामै नभई करिब ११ करोड रुपैयाँ खर्च गरिएको छ । महालेखा परीक्षकको कार्यालयले गत २९ चैतमा सार्वजनिक गरेको ५६औं वार्षिक प्रतिवेदनले काठमाडाै‌‌ उपत्यकामा निर्माण गरिने भनिएको बाहिरी चक्रपथ आयोजनामा केही काम नभईकन कुल १० करोड ८२ लाख रुपैयाँ खर्च भएको औंल्याएको हो ।

काठमाडौं उपत्यकाका तीनवटा जिल्लालाई समेट्ने गरी निर्माण गर्न लागिएको कुल ७२ किलोमिटर लम्बाइको बाहिरी चक्रपथ आयोजना २०६१ सालमा सुरु भए पनि हालसम्म विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर०, जग्गा एकीकरण र वातावरणीय प्रभाव मूल्यांकन ९ईआईए० तयार नभई सो रकम खर्च भइसकेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । कुल ७२ किमी सडकमध्ये हालसम्म जम्मा १७ दशमलव ५ किलोमिटरको मात्र डीपीआर तयार हुँदै गरेको उल्लेख गरिए पनि बाहिरी चक्रपथ निर्माण सुरु कहिलेदेखि हुन्छ भन्ने अनिश्चित नै रहेको सो प्रतिवेदनमा उल्लेख छ ।

कुल ७२ किमी सडकमध्ये हालसम्म जम्मा १७ दशमलव ५ किलोमिटरको मात्र डीपीआर तयार हुँदै गरेको उल्लेख गरिए पनि बाहिरी चक्रपथ निर्माण सुरु कहिलेदेखि हुन्छ भन्ने अनिश्चित नै रहेको प्रतिवेदनमा उल्लेख छ

सहरी विकास मन्त्रालयअन्तर्गतको काठमाडौं उपत्यका विकास प्राधिकरणअन्तर्गत अघि बढेको यस बाहिरी चक्रपथ विकास आयोजना जग्गा प्राप्तिको समस्याको कारणले अहिलेसम्म थप काम अघि बढ्न सकेको छैन । पहिलो चरणमा काठमाडौंको सतुङगलदेखि चोभारसम्मको चक्रपथ निर्माण अघि बढाइने भनिए पनि अझैसम्म जग्गाकै विवादले थप काम अघि बढ्न नसकेको अवस्थामा पनि अहिलेसम्म यतिधेरै रकम खर्च हुनु अस्वभाविक भएको महालेखाको प्रतिवेदनले औंल्याएको छ ।

महालेखाले गत आर्थिक वर्ष २०७४÷७५ मा गरेको वित्तीय विवरणअनुसार विश्लेषण गर्दा यस्तो भेटिएको जनाएको छ ।
महालेखाले विगत वर्षको तुलनामा मुलुकको वित्तीय अनुशासन थप कमजोर भएको औंल्याउँदै गत आव २०७४÷७५ मा कुल ६ खर्ब ८३ अर्ब ६६ करोड रुपैयाँ बेरुजु देखिएको बताएको छ । – राजधानी दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार