रुपन्देहीमा गोली चल्यो, एक जनाको मृत्यु

रुपन्देही, २९ भदौ  – रुपन्देहीको रोहिणी गाउँपालिका–३ मा अज्ञात समूहको गोली लागेर आज (आइतबार) एक  जनाको ज्यान गएको छ ।दिउँसो अज्ञात व्यक्तिको गोली लागेर ओमसटिया–४ का ४० वर्षीय महेन्द्र कुर्मीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

गोली कसले र किन चलायो भन्ने खुल्न नसकेको र घटनाबारे अनुसन्धान भईरहेको रुपन्देही प्रहरीका एसएसपी हृदय थापाले जानकारी दिएका छन् । स्थानीयले भने कुर्मी बैंकबाट रकम निकालेर आउँदै गर्दा बाइकमा आएको डाकाको समूहले गोली हानेको दाबी गरेका छन् ।

उनीहरुले कुर्मीसँग भएको रकम पनि लुटेको स्थानीयको बताएका छन् । प्रहरीले डाका समूहबारे खुलाएको छैन् । रुपन्देहीको रोहिणी क्षेत्र जिल्लाको धेरै लुटपाट हुने स्थानमा पर्ने स्थानीयले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार