अर्घाखाँची जिल्ला एमालेबाट निर्वाचित पुर्व संविधान सभा सदस्य थापाको निधन

काठमाडाैं, १७ माघ – नेकपा (एकीकृत समाजवादी)का नेता डा दुमनिसिंह थापाकाे निधन भएकाे छ । अर्घाखाँची जिल्लाबाट पहिलाे संविधानसभामा निर्वाचित थापाको ह्याम्स अस्पताल काठमाडौंमा आइतबार साँझ निधन भएको हो ।

उहाँको अनत्येष्टि आज पशुपति आर्यघाटमा १०: ३० बजे गरिने परिवारिक श्रोतले जनाएको छ । उहाँको श्रीमती र एक छोरा हुनुहुन्छ ।

केही समय अघि उनकाे मिर्गौला प्रत्यारोपण भएकाे थियाे । एमाले विभाजनपछि उनी नेकपा एकीकृत समाजवादीको केन्द्रीय निर्वाचन आयोगका सदस्य थिए । उनी मेगा बैंकका संस्थापक तथा पूर्व संचालक पनि हुन् ।

मिर्गौलासम्बन्धी रोग, उच्च रक्तचाप लगायतबाट पीडित उनको उपचारका क्रममा: निधन भएको हो। थापाको निधनमा पार्टी अध्यक्ष माधवकुमार नेपालले दु:ख व्यक्त गरेका छन्।

‘उहाँको निधनको खबरले मलाई स्तब्ध बनाएको छ,’ अध्यक्ष नेपालले भनेका छन्, ‘उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’

थापा संविधान सभा सदस्यमा नेकपा एमाले अर्घाखाँचीबाट निर्वाचित भएका थिए। नेपालले समाजवादी पार्टी खोलेपछि उनी उक्त पार्टीमा लागेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार