उपराष्ट्रपति यादवले पद तथा गोपनियताको शपथ लिए

काठमाडौँ, ६ चैत्र – नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतलनिवासमा आयोजना गरिएको विशेष कार्यक्रमबीच राष्ट्रपति रामचन्द्र पौडेलले यादवलाई शपथ गराएका हुन् ।

यादवको शपथसँगै निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको बिदाइ गरिएको छ । पुनलाई नेपाल सरकारको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मायाको चिनो प्रदान गरेका थिए । पुन उपराष्ट्रपतिको निवास छाडेर निजी निवासमा सरिसकेका छन् ।

समारोहमा पूर्व राष्ट्रपति रामवरण यादव, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतको उपस्थिति रहेको थियो ।

गत चैत ३ गते भएको निर्वाचनमा ३० हजार ३२८ मतभार प्राप्त गरी यादव उपराष्ट्रपतिमा विजयी भएका हुन् । उनले एमालेकी अष्टलक्ष्मी शाक्य बोहरा र जनमतकी ममता झालाई हराएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार