अत्यन्तै सम्भावना भएकी गायीका सिताको आवाजमा नयाँ गीत सार्वजनिक (भिडियो सहित )

काठमाडौं , ७ जेठ – पछिल्लो समय लोकसंगितमा आफ्नो छुट्टै पहिचान गराउन सफल स्वरकी धनी लोक गायिका सिता श्रेष्ठको नयाँ गीत कठै मेरो माइती गाँउ सार्वजनिक भएको छ ।

युटुब च्यानल हाइलाइट नेपाल मार्फत गीतको भिडियो सार्वजनिक गरिएको हो । चितवनको लोथरमा जन्मेर झण्डै एक वर्ष अघिदेखि गायन क्षेत्रमा प्रवेश गरेकी सिताले १० वटा गीतमा आफ्नो सुमधुर स्वर दिइसकेकी छन् । श्रेष्ठ गुन्यो चोलो,रोदीमा झरियो लगायतका गीतले निकै चर्चा बटुल्न सफल भएको थियोे । गायिकाले गीत मार्फत आफ्नो माइतीघर बाट एउटी चेली बिदाई हुनाको पिडा र माइती घरको सम्झना गीत मार्फत व्यक्त गरिकी छिन । माइती गाउमा भिर पाखामा संगै दाउरा काटेको , आमाको सम्झना यस गीत मार्फत अभिव्यक्त गरिएको छ । रोधिमा झरियो र कि कसैको भैसकेको हौर भन्ने गीतले उनलाई गायन क्षेत्रमा प्रवेश गराएको हो ।

अहिले अनलाईन रोधी मध्ये उत्कृष्ट लोकदोहरी ग्रुप ई नेपाल खबर लोकदोहोरी ग्रुपमा रहेर आफ्नो गायन क्षेत्रलाई अझ तिखार्ने प्रयासमा लागिपरेकी छन् निकै मिजासिली र शान्त स्वाभावकी सिता गीतसंगितमा निकै रुची राख्ने गर्छिन् । लोकदोहोरी क्षेत्रमा विष्णु माझिको विकल्पको रुपमा उदाएकी नव गायिका सिता श्रेष्ठ । उनको स्वरले लामो समयसम्म लोकदोहोरीमा खड्किएको विष्णु माझिको अभाव अव मेटिने सम्भावना रहेको यो क्षेत्रका जानकार बताउछन ।

गीतको म्युजिक भिडियो हेर्नुहोस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार