धान्याञ्चलको  वनभोज कार्यक्रम कीर्तिपुरको चोभारमा सम्पन्न

काठमाडौं, १२ फागुन –  धान्याञ्चल बचत तथा ऋण सहकारी संस्थाको  आयोजनामा आयोजित वनभोज कार्यक्रम कीर्तिपुरको चोभारमा सम्पन्न भएको छ । अर्घाखाँचीबाट काठमाडौमा आई विभिन्न पेशा, व्यावसाय, अध्ययन अध्यापन र रोजगारीमा आबद्ध रहेका व्यक्तिहरुले सञ्चालन गरेको सहकारी संस्थाको बार्षिक कार्यक्रम अनुसार हरेक बर्ष वनभोज कार्यक्रम हुने गरेको छ ।

वनभोज कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य, पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य मानबहादुर विश्वकर्मा, नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठ, कांग्रेस नेता हिम्मत टण्डन, पाणिनि गाउपालिका अध्यक्ष एवं नेपाली कांग्रेस क्षेत्र–२ का सभापति अच्युत गौतम, महिला संघकी केन्द्रीय सदस्य अनिता ज्ञवाली, नेविसंघका निबर्तमान केन्द्रीय सदस्य लक्ष्मण पन्थी,  नेविसंघका पूर्व जिल्ला अध्यक्ष प्रकाशचन्द्र भट्टराई, अमृत कुमार पन्थी,  ट्रेड युनियन कांग्रेसका जिल्ला उपाध्यक्ष अच्युत पंथी, प्रेस युनियनका जिल्ला अध्यक्ष वीरेन्द्र केसी, नेपाल तरुण दल अर्घाखाची–काठमाडौ सम्पर्क समितिका अध्यक्ष अर्जुन पोखरेल, तरुण नेता कपिल पोखरेल, शिवदेव पाण्डे लगायत धान्याञ्चल सहकारीका पदाधिकारी, सदस्य र अधिकांश शेयर सदस्यको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य मानबहादुर विश्वकर्माले काठमान्डैमा सहकारीहरुको भीडमा पनि संस्थालार्इ अलग्गै पहिचान सहीत सफल बनाउन लाग्ने ब्यबस्थापन समीती पदाधीकारीहरु तथा सम्पुर्ण सहकारीकर्मीहरुलाई धन्यवाद दिदै आगामी दिनमा संस्थालाई स्वरोजगारमुखी बनाउदै लानको लागि आग्रह गर्नुभयो ।

त्यसैगरी पाणिनि गाउँपालिका अध्यक्ष एवं नेपाली कांग्रेस क्षेत्र–२ का सभापति अच्युत गौतमले सहकारीबाट प्रत्यक्ष रुपमा धेरै फाइदा हुने बताउदै सबै आबद्ध हुन आग्रह गर्नुभयो । उहाँले सबै व्यक्ति सहकारीमा आबद्ध भएर बचत भएको रकमले कृषि, पशुपालन र उत्पादन क्षेत्रमा लगानी गरी आत्मनिर्भर उन्मुख हुनुपर्ने बताउनुभयो ।

संस्थाका सल्हाकार तथा नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले सहकारीले गर्ने हरेक कार्यक्रमले संस्थाको एकता तथा आत्मियतालाई मजबुद बनाउदै लाने हुँदा यस्ता कार्यक्रमलार्इ निरन्तरता दिनुपर्ने बताउनुभयो ।

वनभोज कार्यक्रममा कलाकार प्रेमप्रकाश वली, अमृता लुङगेली मगर, विमलराज क्षेत्री तथा स्थानिय कलाकारले उपस्थित सबैलाई गित र नृत्यबाट भरपुर मनोरञ्जन दिएका थिए । कार्यक्रम सहकारीका अध्यक्ष भविश्वर घिमिरेले सहकारीको भावि योजना र सहकारीको कार्यप्रगती बारे बताउनुभएको थियो भने सचिव कृष्ण अधिकारीले कार्यक्रम सञ्चालनगर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार