कांग्रेस पार्टी कार्यालय सानेपामा तीन दलको बैठक, सरकारको असंवैधानिक कदमविरूद्ध मिलेर संघर्ष गर्नै

काठमाडौं, ७ पुष – नेपाली कांग्रेसले बोलाएको सर्वदलीय बैठकले संसद विघटनका बिरुद्ध शशक्त प्रतिवाद गर्ने निणर्य गरेको छ।  प्रमुख विपक्षी दल कांग्रेसको पहलमा पार्टी कार्यालय सानेपामा सोमबार बसेको नेकपाका असन्तुष्ट समुह र जसपासहितको संयुक्त बैठकले प्रधानमत्री केपी ओली सरकारको निणर्यको शशक्त प्रतिवादमा उत्रने निणर्य गरेको हो।

कांग्रेस पार्टी कार्यालय सानेपामा सोमबार साँझ बसेको ती तीन दलका नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरूद्ध मिलेर संघर्ष गर्ने निर्णय गरेका छन्।

३ दलको बैठकले यसविरुद्ध प्रतिवाद गर्ने भन्ने निष्कर्ष पनि निकालेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । तर, कसरी प्रतिवाद गर्ने भन्नेबारे भने मंगलबार तीनवटै पार्टीको केन्द्रीय कमिटीको बैठक रहेकाले उक्त बैठकमा छलफल गरेपछि पुनः बैठक बस्ने सहमति भएको श्रेष्ठले बताए ।

आजको बैठकमा कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवासहित पदाधिकारी, नेकपाबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, बरिष्ठ नेता माधवकुमार नेपाल, प्रवक्ता श्रेष्ठलगायत र जसपाबाट अध्यक्ष महन्थ ठाकुर सहभागी थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार