बालाजु होटल व्यवसायी संघले प्रहरी नायव उपरिक्षक राम कुमार दानीलाई गर्यो स्वागत

काठमाडौं, २९ चैत – बालाजु होटल व्यवसायी संघले प्रहरी बृत बालाजुमा भर्खरै सरूवा भई आउनुभएका प्रहरी नायव उपरिक्षक (DSP) राम कुमार दानीज्यूलाई एक कार्यक्रमबीच प्रहरी बृत बालाजुमा स्वागत गरेका छन् । व्यवसायीहरूलाई व्यवसाय मर्यादित रूपमा सञ्चालन गर्नको लागि प्रहरी नायव उपरिक्षक दानीज्यूले अनुरोध गर्नुभएको थियो भने व्यवसायीहरूको तर्फवाट माछापोखरी क्षेत्रमा भईरहेका चोरी डकैती लुटपाट र ठगीलाई निर्मुल पार्न अनुरोध गरेका छन् ।

बालाजु होटल व्यवसायी संघ बालाजुका उपाध्यक्षद्वय गोविन्द मरासिनी, कोक बहादुर रसायली, महासचिव लेखनाथ खराल लगायत कार्यसमिति पदाधिकारी र सदस्यहरूको उपस्थिति रहेको स्वागत कार्यक्रममा बालाजु माछापोेखरी क्षेत्रमा रहेका समस्याहरूको बारेमा प्रहरी बृत बालाजु र व्यवसायीहरूबीच हातेमालो गरेर समाधानमा लाग्ने निष्कर्ष निकालेको संघका सचिव शैलेन्द्र विक्रम थापाले जनाएका छन् ।

बालाजु होटल व्यवसायी संघ वि स २०६२ मा दर्ता भएर होटल गेष्टहाउस व्यवसायीहरूको हकहित र संरक्षणमा काम गर्ने, माछापोखरी, बालाजु र बसन्तनगर क्षेत्रमा सञ्चालन गरिरहेका करिव १०० होटल तथा गेष्ट हाउस व्यवसायीहरूको व्यवसायिक छाता संगठन हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार